जोडिनुहोस
  • होमपेज
  • प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय छिर्ने भएपछि महानगर परिसरमा नगर प्रहरी परिचालन गरिएको छ ।कमलादीस्थित महानगर कार्यालयमा बिहीबार बिहान महानगरका प्रहरी परिचालन गरिएको हो ।

गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको छ ।

सोही निर्देशनबमोजिम गुरागाईं कार्यालयमा जान लागेका मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका