जोडिनुहोस
  • होमपेज
  • मानवअधिकार समिति तीनकुने घटनाबारे गृहमन्त्रीसँग जानकारी लिने

मानवअधिकार समिति तीनकुने घटनाबारे गृहमन्त्रीसँग जानकारी लिने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर मानवअधिकार उल्लंघन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरे पनि समितिले गृहमन्त्रीसँग जानकारी लिने निर्णय गरेको हो ।

समिति सभापति विमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु, धेरै घाइतेका साथै ठूलो जनधनको क्षति भएकाले यस विषयमा गृहमन्त्रीसँग जानकारी लिने निर्णय भएको बताए । उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पत्तिको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्रलगायत अन्तराष्ट्रिय कानुनले प्रदान गरेको नागरिकको अधिकारमा समेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे ।

बैठकमा समिति सदस्यले तीनकुने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका थिए । त्यस्तै, बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका