जोडिनुहोस
  • होमपेज
  • बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीकाे बधाई

बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीकाे बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’

भारतको नोएडामा गएराति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका थिए ।

धेरै टिप्पणी गरिएका