जोडिनुहोस
  • होमपेज
  • जेभियर एकेडेमी बेष्ट इलिमेन्टरी स्कुलको गम्भीर ध्यानाकार्षण

जेभियर एकेडेमी बेष्ट इलिमेन्टरी स्कुलको गम्भीर ध्यानाकार्षण

काठमाण्डौं । जेभियर एकेडेमी बेष्ट इलिमेन्टरी स्कुलले काठमाण्डौंको बागबजारमा भएको सवारी दुर्घटनामा आफनो विद्यालयको नाम जोडिएकोप्रति गम्भीर ध्यानाकार्षण भएको बताएको छ । विद्यालयले विज्ञप्तीमार्फत बुधबार विहान बागबजारमा भएको माइक्रो भ्यान दुर्घटनामा यस विद्यालयको समेत नाम जोडिएकाले गम्भीर ध्यानाकार्षण भएको जनाएको हो ।

दुर्घटना भएको माइक्रो भ्यान भाडामा प्रयोग गर्दै आएको भएपनि एक महिनाअघि नै भाडा संझौता तोडिएको पनि विद्यालयले जनाएको छ । भ्यानमा अंकित स्टिकरका आधारमा जेभियर एकेडेमी बेष्ट इलिमेन्टरी स्कुलको सवारी साधन भनेर आएको समाचारले पर्न भएको भ्रममा नपर्न पनि विद्यालयले आग्रह गरेको छ ।

साथै विद्यालयले संझौता तोडिएसँगै भ्यानमा अंकित स्टिकर हटाउनमा समेत सवारीधनीलाई अनुरोध गरेको छ । विद्यालय संस्थापन पक्षले दुर्घटनामा परि घाईते भएका दुई विद्यार्थीको छिटो स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Non GamStop Casinos Ethical?