जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा भारी गिरावट, एकैदिन ३९ सयले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ३९ सयले घट्यो

काठमाडौं। सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।

मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help