जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाअभियोग अदालतबाट सदर

दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाअभियोग अदालतबाट सदर

काठमाडौं ।देशमा सैन्य कानून लागू गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरिदिएको छ।

संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो।
अदालतको यस्तो निर्णयसँगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन्। अब उनको ठाउँमा ६० दिनभित्र चुनाव गराउनुपर्नेछ। अदालतले युनले सैन्य कानून लगाएर नागरिकको राजनीतिक अधिकारमा क्षति पु¥याएको ठहर गरेको छ।

साथै यस्तो कार्य कानूनी शासन र लोकतन्त्रको सिद्धान्तको उल्लंघन भएको बताएको छ। युनको पद जाने भएपछि राजधानी सोलमा उनका समर्थक र विरोधीहरु छुट्टाछुट्टै प्रदर्शनमा उत्रिएका छन्।

समर्थकहरुले खुसी मनाइरहेको र विरोधीहरु आक्रोशित हुँदै प्रहरीसँग धक्कामुक्की गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका