जोडिनुहोस
  • होमपेज
  • जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु

जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु

जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको ज्यान गएको छ । जम्मु कश्मीरको रामवान जिल्लास्थित ब्याट्री चश्मा भन्ने ठाउँको सडकमा गुडिरहेको ट्रक २–३ सय मिटर तल खोँचमा खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटना आइतबार स्थानीय समयअनुसार दिउँसो साढे ११ बजेतिर भएको हो । उक्त सवारी जम्मुबाट राजधानी श्रीनगरतर्फ गइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मारिनेमा मृतकको शव रामवन जिल्ला अस्पताल पुर्‍याइएको छ । मारिनेमा भारतीय सेनाका सिपाइहरु अमित कुमार, सुजित कुमार र मन बहादुर रहेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका