जोडिनुहोस
  • होमपेज
  • जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा ठोस निर्णय नभइसकेको तथा विस्तृत कार्यक्रमलाई मूर्तरूप दिन अर्को बैठकले गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका