जोडिनुहोस
  • होमपेज
  • रु. ९ मै साउन्डबार, अल्टिमाको ‘दशैं मेला २.०’ सुरु

रु. ९ मै साउन्डबार, अल्टिमाको ‘दशैं मेला २.०’ सुरु

काठमाडौं, अडियो र वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘अल्टिमा डशैं मेला २.०’ सुरु गरेको छ। मेलाको प्रमुख आकर्षण भनेको दराजमार्फत ‘फास्टेस्ट फिङ्गर फर्स्ट’ अफरमा रु. २९ हजार ९९९ मूल्यको वेभबार २०० साउन्डबार केवल रु. ९ मा पाउने मौका हो।

भदौ २४ देखि असोज ७ सम्म चल्ने मेलामा ग्राहकका लागि विभिन्न छुट र उपहार योजना सार्वजनिक गरिएको छ। यस अवधिमा हरेक दिन विशेष मूल्यमा ग्याजेट उपलब्ध हुने, एक रुपैयाँमै उत्पादन पाउने, दैनिक भाग्यशाली विजेतालाई मूल्यवान स्पिकर उपहार दिने तथा अन्तिममा ‘एक ट्रक उपहार’ जित्ने अवसरसमेत रहने कम्पनीले जनाएको छ।

मेलासँगै कम्पनीले कौशलटारमा चौथो अफिसियल स्टोर उद्घाटन गर्ने तयारी समेत गरेको छ। यस स्टोरमार्फत ग्राहकले नयाँ उत्पादनसँगै आकर्षक स्किम र लक्की ड्र मार्फत पुरस्कार पाउने अपेक्षा गर्न सक्नेछन्।

अल्टिमा लाइफस्टाइलले छोटो समयमा नेपाली बजारमा लोकप्रियता हासिल गरेको छ। किफायती मूल्यमा अत्याधुनिक ग्याजेट उपलब्ध गराउँदै आएको कम्पनीले उत्कृष्ट बिक्रीपछिको सेवामार्फत ग्राहक सन्तुष्टि दिने दाबी गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका