जोडिनुहोस
  • होमपेज
  • महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः जितविहीन रहेको नेपाल पाँचौं खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः जितविहीन रहेको नेपाल पाँचौं खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं। घरेलु मैदानमा जारी महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पाँचौं खेल खेलिरहँदा नेपाल जितविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।

जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ । शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो । दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्यो ।

ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ । हिजो भएको खेलमा नेपालले थाइल्यान्ड विरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन् । इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो । शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

यो शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन् । नेपाल तालिकाको पुच्छारमा छ । दोस्रो स्थानमा रहेको नेदरलयान्ड्सको चार खेलबाट चार अंक छ । बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ । थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । चोटका कारण अल राउन्डर कविता कुँवरले शृंखला गुमाउँदा नेपाललाई थप धक्का लाग्यो । उनलाई अन्डर नाइन्टिन टिमकी रचना चौधरीले रिप्लेस गरेकी छिन् । रचनाले थाइल्यान्ड विरुद्ध सिनियर टिममा डेब्यु गर्दै एक विकेट पनि लिइन् । लेफ्ट आर्म स्पिनर मनीषा उपाध्यायले चार खेलको तीन इनिङसमा सात विकेट लिँदै प्रभावकारी प्रदर्शन गरिरहेकी छिन् ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help