जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि
  • होमपेज
  • दाङको राप्ती आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष निर्माण हुने

दाङको राप्ती आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष निर्माण हुने

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष भवनको  शिलान्यास गरिएको छ। मङ्गलबार तुलसीपुर उपमहानगरपालिकाका मेयर  टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ३३ लाख १० हजार रुपैयाँको लागतमा   भवन निर्माण हुन लागेको भारतीय दूतावासले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ  । उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण हुने उक्त भवनको निर्माण तुलसीपुर उपमहानगरपालिकाले गर्ने विज्ञप्तिमा जनाइएको छ ।

शिलान्यास समारोहमा बोल्दै, तुलसीपुर उपमहानगरपालिकाका मेयर खड्काले भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे। उनले यो भवन निर्माणपछि लुम्बिनी प्रदेशका नागरिकले गुणस्तरीय आँखा उपचार सेवा पाउने विश्वास व्यक्त गरे।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव नन्दनले नेपालको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले यो परियोजनाले दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाउने बताए।

दूतावासका अनुसार भारत सरकारले सन् २००३ देखि नेपालमा विभिन्न क्षेत्रमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरेको छ। जसमध्ये ४९५ वटा सम्पन्न भइसकेका छन्। लुम्बिनी प्रदेशमा मात्रै ६२ वटा परियोजना सञ्चालित छन्। यसका साथै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको बताइएको छ ।

राप्ती आँखा अस्पतालमा निर्माण हुन लागेको शल्यक्रिया कक्ष भवनले यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

  

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs