जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न सरकारलाई प्रतिनिधिसभाको निर्देशन

प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न सरकारलाई प्रतिनिधिसभाको निर्देशन

प्रतिनिधिसभाले पनि भारतको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । हिजो राष्ट्रियसभाले पनि यही विषयमा सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिन र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ का श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा अस्ति बिहीवार बेलुका केआईआईटीमा मृत फेला पर्नुभएको हो । त्यही कलेजमा यसअघि रुपन्देहीकी प्रकृति लम्साल पनि मृत भेटिनुभएको थियो ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК