जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमको हुडकेली नृत्य लोप हुने अवस्थामा

सुदूरपश्चिमको हुडकेली नृत्य लोप हुने अवस्थामा

कञ्चनपुर। सुदूरपश्चिमको ऐतिहासिक हुडकेली लोकनृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । वीरपात्रहरूको गीतिकथामा आधारित यो नृत्य पछिल्ला वर्षमा ओझेल पर्दै गएको छ ।

कञ्चनपुर शुक्लाफाँटा–११ का गङ्गाराम दमाईले बाजेबाट हुडका बजाउने र हुडकेली गाउने कला सिकेका हुन् । तर, पछिल्ला वर्षमा यसको माग नभएकाले चिन्तित छन् । उनका अनुसार पहिले विवाह, धार्मिक कार्यलगायत शुभ अवसरमा हुडकेलीको ठूलो माग थियो, तर अहिले वर्षमा एकपटक पनि माग नआउने अवस्था छ ।

लोककलाका जानकारका अनुसार हुडकेलीमा वीरगाथा, ऐतिहासिक घटना र युद्धकौशल गीत र नृत्यमार्फत प्रस्तुत गरिन्छ । यस क्रममा कलाकारले तलवार–ढालको करतब, हुडका, दमाहा र घुँघरुको तालमा प्रस्तुति दिने गर्छन् । नृत्यङ्गनाले विशेष पहिरन, पगडी, चौँरीगाईको पुच्छर र देवताको घण्टीसहित प्रदर्शन गर्ने चलन छ ।

जानकारहरूले हुडकेली डोटी र कुमाउँको इतिहाससँग जोडिएको बताउँछन् । १८०१ सालभन्दा अगाडि नै यसको अभ्यास भएको उल्लेख छ । शोभी रावत, काला भण्डारी, रती रावललगायत वीरपात्रहरूको कथा हुडकेलीमार्फत गाइन्छ ।

तर आधुनिक जीवनशैली, साउण्ड सिस्टम र व्याण्डबाजाप्रतिको आकर्षणका कारण नयाँ पुस्ताले यो कला सिक्न चासो नदेखाउँदा हुडकेली लोप हुने अवस्थामा पुगेको जानकारहरूको भनाइ छ । उनीहरूले संस्कृति संरक्षणका निकाय र स्थानीय तहलाई यसलाई पुनर्जीवित गर्न पहल गर्न आह्वान गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14