जोडिनुहोस
  • होमपेज
  • नेपाल आइडल विजेता गंगा सोनामको ‘गुनासो’ सार्वजनिक

नेपाल आइडल विजेता गंगा सोनामको ‘गुनासो’ सार्वजनिक

काठमाडौं – गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनकी विजेता गंगा सोनामको पहिलो गित सार्वजनिक भएको छ । सोनाम आइडल बनेपछिको उनको पहिलो गित गुनासो शुक्रबार बिहान रिलिज भएको हो । गुनासो बोलको गितको म्युजिक भिडियो प्रदिप चापागाईंको अफिसियल च्यानलमार्फत गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा अभिनेत्री सनिशा भट्टराई तथा अभिनेता राज कटुवालको अभिनय रहेको छ । प्रेमभावको म्युजिक भिडियोमा चर्चित निर्देशक निकेश खड्काको निर्देशन रहेको छ । गितको सम्पादन तथा कलरसम्पादक विकास धमलाले गरेका छन् ।

नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको मधुर आवाज रहेको गितका गितकार प्रदिप चापागाईं हुन् । उनैको आधिकारिक युट्युब च्यानमा गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितमा लेखु सहयात्रीले संगित भरेका छन् । गितमा सोनामको स्वर लक्षित राम्रा प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका