
पोखरामा सहकारी ठगीको पछिल्लो प्रकरणमा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि करिब ८८ करोड रुपैयाँ ठगी गरेको आरोप छ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा–१०, अमरसिंहचोक बस्ने गोदार, पोखरा–१४, चाउथे बस्ने कोषाध्यक्ष हिरामणी दाहाल, पोखरा–११, फुलबारी बस्ने सचिव दिलबहादुर केसी, पोखरा–१७, विरौटा बस्ने सहकारीका सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, पोखरा–१४, छिनेडाँडा बस्ने व्यवस्थापक भीष्मप्रसाद गुरुङ, पोखरा–३, तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पोखरा–९, नयाँबजार बस्ने पूर्वसचिवरसदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
यस समूहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ सहकारीको ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा दिइएको उजुरी पश्चात् कास्की प्रहरीले गरेको थप अनुसन्धानबाट ८८ करोड भन्दा बढि रकम हिनामिना गर्ने यो गिरोहलाई पक्राउ गर्न सुरु गरिएको हो ।
सहकारी रजिष्ट्ररको कार्यालय गण्डकी प्रदेशको कार्यालयले कार्तिक १८ गते कारवाहीको लागि पत्राचार गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्दै सहकारी ठगीमा आज बुधबारदेखि मुद्दा अघि बढाएको हो ।
छानबिनका क्रममा ठगी धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई लाखौं रुपैयाँ घुस दिने गरेको तथ्य भेट्टिएको छ ।
विगत ८ वर्षदेखि अध्यक्षका रुपमा रहेका गोदारले अनुगमनमा आएका नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत प्रेम राज लुइटेललार्ई पाँचलाख रुपैयाँ नगद घुसवापत दिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीलाई नैं सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालै कारवाही गर्नुपर्ने स्थिति देखिएका भन्दैं कारवाही हुनबाट जोगाउनका लागि भन्दैं ती शाखा अधिकृतले सहकारीका अध्यक्ष सुरेन्द्रसँग पाँच लाख रुपैयाँ घुसवापत लिएका थिए ।
बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि अन्य सदस्यहरुले पनि ष्सबारे जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।
सहकारीले सिर्जनाचोकबाट २०५८ सालदेखि कारोबार सुरु गरेको हो ।





































