जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।गत शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ७० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका