जोडिनुहोस
  • होमपेज
  • एमाले धनुषाको अधिवेशनमा दुई गुटबीच कुटाकुट

एमाले धनुषाको अधिवेशनमा दुई गुटबीच कुटाकुट

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया अहिले रोकिएको छ ।

जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भएपनि विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निर्वाचन समितिले अधिवेशन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको उनले आरोप लगाए । उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन पनि विधानविपरीत रहेको यादवको दाबी छ । निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help