जोडिनुहोस
  • होमपेज
  • जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलाली– कैलालीको लम्कीस्थित जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा गएराति एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका