जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छः मन्त्री पाण्डे

हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उनले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौ ।’

मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिए ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV