जोडिनुहोस
  • होमपेज
  • म्यानमारबाट उद्धार गरी १२ नेपालीलाई स्वदेश फर्काइयो

म्यानमारबाट उद्धार गरी १२ नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।उद्धार गरी नेपाल फर्काइएकामा एक महिला र ११ पुरुष छन् । मानव तस्करहरूले उनीहरूलाई म्यानमारको मेवाडी पुर्‍याइ अनलाइन स्क्यामिङ कार्यमा लगाएका थिए ।

बैंककस्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । दूतावासले कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका