जोडिनुहोस
  • होमपेज
  • निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौँ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बराललाई जलस्रोत तथा सिँचाइ क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएको योगदानस्वरूप ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

निजामती सेवा दिवस २०८२ को अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार अर्पण गरे ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सामान्य प्रशासन सचिव रविलाल पन्थलगायतको उपस्थिति थियो ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित देशभर आज विविध कार्यक्रममार्फत निजामती सेवा दिवस मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पालामा २०१३ साल भदौ १३ गते पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते यस दिवस मनाउने परम्परा सुरु भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV