जोडिनुहोस
  • होमपेज
  • अमेरिका र क्यानडामा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय

अमेरिका र क्यानडामा शक्तिशाली भूकम्प

  • Sagarmatha TV
  • आइतवार, मंसिर २२, २०८२
अमेरिका र क्यानडामा शक्तिशाली भूकम्प

 अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमाना नजिक शनिबार ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

सुनामीको चेतावनी जारी गरिएको छैन। अहिलेसम्म कुनै मानवीय क्षति वा संरचना भत्किएको खबर आएको छैन। अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिम र युकोनको ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिममा गएको थियो।

मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।

क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् ।

क्यानडाकी भूकम्पविद् एलिसन बर्डले सबैभन्दा बढी कम्पन भएको ठाउँ पहाडी र जंगल क्षेत्र रहेकोले ठुलो क्षति नभएको बताइन्।

भूकम्पको केन्द्रबाट सबैभन्दा नजिकको बस्ती हेन्स जंक्शन करिब १३० किलोमिटर टाढा छ, जहाँ जम्मा एक हजार १८ जना मात्र बस्छन्। अलास्कातर्फको सबैभन्दा नजिकको बस्ती याकुटाट ९१ किलोमिटर टाढा छ, जहाँ ६६२ जना बस्छन्।

भूकम्प जम्मा १० किलोमिटर गहिराइमा गएको थियो। तर त्यसपछि धेरै साना पराकम्पहरू पनि महसुस भएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका