जोडिनुहोस
  • होमपेज
  • जनार्दन शर्मालाई कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा

जनार्दन शर्मालाई कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा

काठमाडौँ । पार्टी विभाजनपछि पहिलोपल्ट गृह जिल्ला पुगेका नेता जनार्दन शर्मालाई तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।

रुकुम पश्चिमको जिल्ला सदरमुकामस्थित सल्ले विमानस्थलबाट बाहिर निस्केपछि नेकपाका कार्यकर्ताले गेटमै उनलाई कालो झण्डा देखाएका हुन् । कालो झन्डा देखाएर नाराबाजीसमेत गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको आज आयोजना गरेको युवा भेलामा सहभागी हुन शर्मा जिल्ला पुगेका हुन् । साथै शर्माले आजै प्रलोपाको जिल्ला पार्टी कार्यालय पनि उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका