जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। साथीको साथ मिल्नेछ।

वृषः दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुने जोखिम छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंहः आज दिन सामान्य छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

कन्याः दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिकः व्यवहारमा चुनौती बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनुः दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकरः दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भः शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। तीर्थ यात्राको तय गरेको भए यात्रा सफल हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना सार्वजनिक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options