जोडिनुहोस
  • होमपेज
  • ’एन्क्जायटी टु एक्सन’ अभियान : जलवायु र आवास न्यायका लागि विद्यार्थीहरूको पहल

’एन्क्जायटी टु एक्सन’ अभियान : जलवायु र आवास न्यायका लागि विद्यार्थीहरूको पहल

काठमाडौं, — नेपालमा जलवायु परिवर्तनको प्रभाव केवल भौतिक मात्र होइन, मानसिक रूपमा समेत गहिरो देखिन थालेको छ । बाढी, पहिरो र अनियमित मौसमका कारण धेरै परिवार घरबारविहीन भइरहेका छन् भने बालबालिकाहरू डर, चिन्ता र असुरक्षाको मनोभाव बोकीरहेका छन् । तर, उनीहरूको भावना अभिव्यक्त गर्ने ठाउँ भने कमै पाइन्छ ।

यही अभावलाई सम्बोधन गर्न यूथ थिङ्कर्स सोसाइटीले ‘एन्क्जायटी टु एक्सन’ नामक कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौंस्थित निजी तथा सरकारी विद्यालयका १०७ जना विद्यार्थीलाई सहभागी गराइएको उक्त कार्यक्रममा सृजनात्मक गतिविधि, सम्वाद र ‘को–सोलुसन मोडल युनाइटेड नेशन्स कार्यशाला मार्फत जलवायु चिन्ता र आवास असमानताप्रति आवाज उठाउने प्रयास गरियो ।

कार्यक्रममा ब्राइट फ्युचर सेकेन्डरी स्कुल र श्री मंगल सेकेन्डरी स्कुलका विद्यार्थीहरूको सहभागिता थियो । सामाजिक तथा शैक्षिक पृष्ठभूमिमा फरक भए पनि विद्यार्थीहरूले साझा पीडा, डर र आशा साझा गरे ।

श्री मंगल सेकेन्डरी स्कुलका १५ वर्षीय विद्यार्थी अर्जुनले पहिलो दिनको कला गतिविधिमा बाढी र चिरा परेको माटोबीच एउटा सानो घरको चित्र बनाएका थिए। त्यो चित्रले जलवायु परिवर्तन र आवास असुरक्षाप्रतिको उनको गहिरो भय देखाएको थियो। दोस्रो दिन उनले ( ःग्ल्)मा भाग लिएर वातावरणमैत्री आवास समाधानबारे आत्मविश्वासपूर्वक धारणा राखे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सस्तो, बाढी–प्रतिरोधी आवास विकास, विद्यालयमा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम ल्याउने, र निर्माणमा वातावरणमैत्री सामग्री प्रयोग गर्ने प्रस्तावहरू पनि अघि सारे। दुई दिने कार्यशालापछि धेरैजसो विद्यार्थीहरूले आत्मविश्वास प्राप्त गरेको, पहिले आफ्ना भावना व्यक्त गर्न नसक्नेहरूले खुलेर कुरा गर्न थालेको पाइएको थियो।

एक शिक्षकले भने, “मलाई थाहा थिएन, मेरा विद्यार्थीहरू यति ठूलो भावनात्मक बोझ बोकीरहेका रहेछन्। यो कार्यक्रमले उनीहरूलाई मात्र होइन, हामी शिक्षकहरूलाई पनि चेतना दिलायो।”

‘एन्क्जायटी टु एक्सन’ कार्यक्रमले यो प्रमाणित ग¥यो कि जब युवाहरूलाई बोल्ने मौका दिइन्छ, उनीहरूले नेतृत्व गर्न सक्छन्। उनीहरू भोलिका मात्र होइन, आजकै परिवर्तनकर्ता हुन्। जलवायु परिवर्तन र आवास संकटबारे हुने हरेक बहसमा उनीहरूको आवाज अनिवार्य रूपमा समावेश हुनुपर्छ।

यस अभियानले चेतना मात्र जगाएन, युवाहरूलाई अधिकार र नेतृत्वको शक्तिमा रूपान्तरण ग¥यो। अब यो प्रयास केही विद्यालय वा विद्यार्थीमा मात्र सीमित नरहोस्, अझ व्यापक बनोस्—स्कुल, शिक्षक, अभिभावक र नीतिनिर्मातासम्म पुगोस् ।

उपमा आचार्य
यूथ थिङ्कर्स सोसाइटी

 

धेरै टिप्पणी गरिएका