जोडिनुहोस
  • होमपेज
  • नेपाली महिला टोलीले शुक्रबारदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

नेपाली महिला टोलीले शुक्रबारदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार देखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ ।

पहिलो खेलमा शुक्रबार नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ ।

विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् । थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो । नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV