
काठमाडौं । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजामा नियन्त्रण लिने योजना अनुमोदन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योजना बहुमतले पारित गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
योजनाअनुसार इजरायली सेनाले युद्ध प्रभावित क्षेत्रबाहिरका नागरिकलाई मानवीय सहायता दिँदै गाजाको नियन्त्रण लिने तयारी गर्नेछ ।
इजरायलले हमासको निशस्त्रीकरण, बन्धकहरूको फिर्ता, गाजाको पूर्ण सुरक्षा नियन्त्रण, तथा हमास र प्यालेस्टिनी प्राधिकरणबाट स्वतन्त्र वैकल्पिक नागरिक सरकारको स्थापनालाई प्राथमिकतामा राख्दै कारवाही अघि बढाउने जनाएको छ ।
यसअघि प्रधानमन्त्री नेतान्याहूले एक अन्तर्वार्तामा गाजामा इजरायलको स्थायी नियन्त्रणको पक्षमा रहेको बताउँदै गाजालाई हमासको प्रभावबाट मुक्त गरिनुपर्ने बताएका थिए ।





































