जोडिनुहोस
  • होमपेज
  • उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

जन्मदिनको भोज खाँदा उदयपुरमा २७ जना बिरामी भएका छन् । गत बुधवार राति ९ बजेको समयमा त्रियुगा नगरपालिका–७ नमुना चोक बस्ने जितेन्द्र राईको घरमा जन्मदिनको भोज खाँदा छरछिमेकका २७ जना बिरामी भएका प्रहरीले जनाएको छ ।

जन्मदिन मनाउने क्रममा रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाँदा २७ जनालाई झाडापखाला र बान्ता भएपछि उनीहरू उपचारका लागि बिहीबार राति १० बजेतिर जिल्ला अस्पताल उदयपुरमा भर्ना भएका हुन् ।

बिरामी हुनेहरूमा तीन जना पुरुष, ११ जना महिला र १३ जना बालबालिका रहेछन् । अस्पतालमा भर्ना भएका बिरामीहरूमध्ये २६ जना डिस्चार्ज भइसकेका छन् भने एक जना बालकको उपचार भइरहेको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका