जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर र ६२ लाख चन्दा सङ्कलन

रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर र ६२ लाख चन्दा सङ्कलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध ३२ लाख बढीले हस्ताक्षर गरेको दाबी गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले रिपोर्टिङका क्रममा आजसम्म ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरेको जानकारी गराएका हुन् ।

यस्तै सहयोग रकम ६२ लाख १६ हजार ६६९ रुपैयाँ उठेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

धेरै टिप्पणी गरिएका