जोडिनुहोस
  • होमपेज
  • जय ट्रफी पुरुष एलिट कपः मधेशविरुद्ध पुलिसको सानदार जित

जय ट्रफी पुरुष एलिट कपः मधेशविरुद्ध पुलिसको सानदार जित

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपमा मधेश प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको सानदार जित हात पारेको छ । वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा दोस्रो तथा अन्तिम दिनको दोस्रो सेसनमै मधेशलाई ९४ रनमा अलआउट गर्दै पुलिसले सानदार जित हात पारेको हो ।

पहिलो दिन पुलिसले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको मधेशले एक सय २९ रन जोड्दा सबै विकेट गुमाएको थियो । मधेशका लागि मयन यादवले ५९ रनको योगदान दिएका थिए भने पुलिसका गुल्सन झाले ५ विकेट लिएका थिए । पुलिसले ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको अवस्थाबाट दोस्रो दिनको खेल सुरु गरेको थियो ।

पुलिसले थप ८४ रन जोड्दा एक विकेट गुमाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा ५९ ओभर ब्याटिङ गर्दै ४ विकेट गुमाएर २ सय ५८ रन बनाएको पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । उसका लागि दिलिप नाथले ४० र कुशल भुर्तेलले ६३ रनको अर्धशतकीय योगदान दिएका थिए । अमित श्रेष्ठ ६५ रनमा बाहिरिए । गुल्सन झा २० रनमा आउट हुँदा अर्जुन साउद २२ रनमा रिटायर्ड हर्ट भएका थिए ।

कप्तान आरिफ शेख ४० र शंकर राना ३१ रनमा अविजित रहँदा पुलिसले इनिङ घोषणा गरेको थियो । मधेशका हरिशंकर साहले २ विकेट लिए ।

एक सय २९ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ थालेको मधेशले ३२ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ मात्र बनाउन सक्यो । मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमांशु दत्तले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि कुशल भुर्तेलले पाँच, गुल्शनकुमार झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । पहिलो दिनको पहिलो सत्रमा मात्र पुलिसलाई केही चुनौती दिएको मधेश खेलको बाँकी अवधि भर दबाबमा थियो । जितसँगै पुलिस ४० अंक जाडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती र मधेशले आर्मीको सामना गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help