जोडिनुहोस
  • होमपेज
  • १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ

१७ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ

काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का छन् । उनलाई सिन्धुलीको दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनले करिब डेढ वर्ष अघि ७ वैशाख २०८० मा गेस्टहाउसमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate