जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार, भेटघाट बन्द

अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार, भेटघाट बन्द

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका उनको एन्जिओप्लास्टी सफलतापूर्वक सम्पन्न भएको छ।

चिकित्सकहरूले उनको मुटुको उपचारपछि केही दिन आरामसहित उपचार गर्नुपर्ने सुझाव दिएका छन्। हाल उनी सघन उपचार कक्षमा रहेका छन्। उनको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14