
नेपालमा भइ रहेका हालका घटनाप्रति भारतले गहिरो दुःख व्यक्त गरेको छ।
भारतले हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा प्रदर्शनकारीप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन र विवादलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न आग्रह गरिएको छ।
भारतले काठमाडौँसहित नेपालका विभिन्न शहरमा कर्फ्यू जारी भएको अवस्थामा आफ्ना नागरिकलाई सतर्क रहन तथा नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न सिफारिस गरेको छ।





































