
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी र्शमा ओली झण्डै एक घण्टा पछि प्रहरी र कार्यकर्ताको उच्च सुरक्षा निगरानीमा कार्यक्रम स्थल पुगेका छन् । भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्ने छन् ।
कार्यक्रम ११ बजे सुरु गर्ने भनिएपनि झण्डै एक घण्टा ढिला भएको थियो । कार्यक्रममा नेताहरु महेश बस्नेत, राजन भट्टराई र भानुभक्त ढकालले सम्बोधन गरिसकेपछि अोली कार्यक्रमस्थल पत्ति राधिका शाक्यसहित पुगेका हुन् । उनि पुगेगलत्तै महासचिव शंकर पोखरेलले सम्बोधन गर्न थालेका छन् ।





































