जोडिनुहोस
  • होमपेज
  • बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्यूठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । २०७७ साल कात्तिक २७ गते सडक डिभिजन कार्यालयले सात करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७९ साल फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकोमा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो ।

पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।

स्थानीय प्रेमबहादुर केसीले बडिगाड खोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार लैजानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका