जोडिनुहोस
  • होमपेज
  • योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीद्वारा शपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको शनिबार पद तथा गोपनीयताको शपथ भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा। अर्जुन कार्की, कुलपति प्राध्यापक डा. रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन ।

नयाँ कानूनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा. दिपक काफ्लेलगायत उपस्थित थिए ।

धेरै टिप्पणी गरिएका