जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण

भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण

काठमाडौँ । गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्‍याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।

रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ” यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ ।”

क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका