जोडिनुहोस
  • होमपेज
  • भूटानमा हुने साफ यू–१७ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

भूटानमा हुने साफ यू–१७ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली युवा टोलीको गोलकिपरमा झरना डुम्रकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी बिके, ग्यान्शु डोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु बिके छन् ।

टोलीको मिडफिल्डरमा दिकी स्याङ्बो तामाङ, कृतिका तामाङ, रबिना बिके र सहारा लिम्बु छन् । यस्तै विङ्गरमा बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सृजना बडुवाल रहेका छन् । यस्तै फरवार्डमा अस्मिता मगर, यामकुमार बिके, अनिता राना मगर र दीक्षा रनपाल रहेका छन् ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो अगस्ट २० देखि ३१ सम्म भूटानमा हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी हुनेछन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit