
काठमाडौं—नेपालको अग्रणी अडियो र प्रविधि–सामान ब्रान्ड अल्टिमा लाइफस्टाइल ले यस वर्षको १२.१२ अफर सार्वजनिक गर्दै तीन नयाँ उत्पादन बजारमा ल्याएको छ। मंसिर २७ देखि २३ सम्म चल्ने अफरमा उपभोक्ताले अल्टिमाका सबै सामग्री विशेष मूल्यमा किन्न सक्नेछन्।
इयरबड्स श्रेणीमा आएको एटम बड्स २ मा १२० घण्टासम्म चल्ने ब्याट्री, दुई उपकरणबीच सजिलै सर्न सकिने सुविधा र अवाञ्छित आवाज रोक्ने प्रबिधि समावेश गरिएको छ।

पावरबैंकतर्फ बुस्ट २०के अल्ट्रा म्याक्स ले सय वाटसम्म छिटो चार्ज गर्ने क्षमता दिँदा बुस्ट २०के मिनी हल्का, कम्प्याक्ट र भित्रै जडित तारसहित दैनिक प्रयोगका लागि उपयुक्त बनाइएको छ।
सबै नयाँ सामग्रीहरू १२ मंसिरदेखि अल्टिमा स्टोर, अल्टिमा डट कम डट एनपी र दराजमा उपलब्ध हुने कम्पनीले जनाएको छ। अल्टिमा हाल नेपाली बजारमा किफायती मूल्य र भरपर्दो प्रविधिका कारण तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ।







































