
चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर भोलि शनिवारदेखि लागू हुनेछ । यस्तै चीनले यदि अमेरिकाले यसपछि पनि कर बढायो भने पनि आफूले बदला नलिने बताएको खबरमा उल्लेख छ । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यो कर अप्रिल ९ देखि लागू हुने भनिएको थियो तर त्यसको केही घण्टाअघि ट्रम्पले थप ५० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको थियो । यसको प्रतिक्रियामा चीनले अस्ति बुधवार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत पुर्याएको थियो । यस्तै हिजो अमेरिकाले चीनमाथिको कर बढाएर १४५ प्रतिशत पुर्याउने घोषणा गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ७० वटाभन्दा धेरै देशलाई लगाएको ुरेसिप्रोकलु अर्थात् पारस्परिक कर भने ९० दिनका लागि रोक्नुभएको छ ।