जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्यो.प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस र जाँगर बढ्नेछ । परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृषः दिन सामान्य छ । शरीरमा रोग बढ्नेछ । साथीको सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुनः दिन राम्रो छ । धन खर्च भए पनि नाम र मान बढ्नेछ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । रोगबाट मुक्त हुने योग छ । आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ ।

कर्कटः धनलक्ष्मी योग परेको छ । आज आम्दानीका स्रोत भेटिनेछन् । मिष्ठान्न भोजन मिल्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

सिंहः आज काम बन्ने दिन छ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

कन्याः दिन सामान्य छ । काम गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । एकल लगानी नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास सफल रहनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

तुलाः परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ ।

वृश्चिकः नयाँ खबर सुन्न पाइनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ ।

धनुः तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ । एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्नेछ ।

मकरः दिन सामान्य छ । पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ । आफन्तबाट अपमानित हुनुपर्नेछ । दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कुम्भः दिन राम्रो छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

मीनः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ । बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ ।

धेरै टिप्पणी गरिएका