जोडिनुहोस
  • होमपेज
  • पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ । मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा कैलाली र झापामा दुई जनाको मृत्यु भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१९ फुलबारी बस्ने २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, कन्काई नगरपालिका-१ बस्ने ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बिर्तासिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका