जोडिनुहोस
  • होमपेज
  • बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

भोजपुर। जिल्लामा बाँदरको उपद्रोले किसानहरू चिन्तित भएका छन्। वर्षभरि बाँदरले खेती गरिएको अन्नपात छिनभरमै नष्ट गरेपछि बाँदरले किसानको मुख्य समस्या बनेको छ।

तल्लो भेग र वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढ्दै गएपछि किसानहरूलाई धेरै क्षति भएको छ। मकै पाक्ने समयमा बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट गर्दा किसान हैरान छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीलगायत नौवटा स्थानीय तहमा बाँदरको आतंक फैलिएपछि बस्ती खाली हुन थालेको छ।

स्थानीय राजेन्द्र राईले बाँदर नियन्त्रणका लागि सरकारले प्रभावकारी उपाय खोज्नुपर्ने बताए। उनले भने, “बाँदरले कमाई सखाप पार्ने भएकाले गाउँघरमा बस्न सकिँदैन।”

भोजपुर नगरपालिका क्षेत्रका स्थानीय कमल तामाङले बाँदरले रोपिएको धान र फलफूल नष्ट गरिरहेको बताए। केही तल्लो क्षेत्रका स्थानीय गाउँ छाड्न बाध्य भएका छन्।

किसानहरूले बाँदर नियन्त्रण गर्न साना टहरा बनाएर राखेका छन् र यन्त्रउपकरणबाट तर्साउने प्रयास गरेका पनि छन्, तर बाँदरले अब तर्सन छाडेको बताएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका