जोडिनुहोस
  • होमपेज
  • मन्त्री गुप्ताको अडियो ‘सेटिङ स्क्यान्डल’ संसदमा चर्काे, रास्वपाद्धारा छानबिनको माग

मन्त्री गुप्ताको अडियो ‘सेटिङ स्क्यान्डल’ संसदमा चर्काे, रास्वपाद्धारा छानबिनको माग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको अडियो प्रकरणले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ। अडियोमा सुन्न सकिने “सेटिङ”, “मान्छे मिलाउने”, र “कानुन पास गराउने” कथित संवादबारे छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा आवाज उठाएको छ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले आइतबारको प्रतिनिधिसभा बैठकमा यो मुद्दा संसदमा ल्याउँदै गम्भीर प्रश्नहरू उठाइन्। उनले भनिन्, “मन्त्रीहरूकै बीच सेटिङ हुन्छ भने कानुन बनाउने काम कसका लागि हो ? कस्का हितका लागि संसद चलेको छ?”

श्रेष्ठले अडियोमा कास्की मालपोत कार्यालय र जिल्ला भूमि आयोगमा नियुक्ति मिलाउन ‘सेटिङ’ गरिएको, साथै भूमि विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न खोजिएको भनाइप्रति प्रश्न उठाइन्। “आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन – यो लोकतन्त्र हो कि निजी कम्पनी?” उनले संसदमा भनिन्।

श्रेष्ठले अडियोमा उल्लेखित अस्पष्ट पात्रहरू — ‘बा’, ‘दुई तिहाइ’, ‘तागत’ — को पहिचान माग गरिन्। “दुई तिहाइ भनेको के अब मिलेर भागबन्डा गर्न हो?” उनले जनताको विश्वासमाथि गम्भीर चोट पर्नेगरी मन्त्रीहरूकै संलग्नता देखिनु दुःखद भएको बताइन्।

यो प्रकरण केवल एक मन्त्रीको अडियो विवाद होइन, यो राज्यको नीति निर्माण प्रक्रियामा भएको सम्भावित हस्तक्षेप र गम्भीर नैतिक विचलनको संकेत हो। यदि मन्त्रिमण्डलभित्रै ‘सेटिङ’ को भाषा चल्छ भने सार्वजनिक सेवा प्रणाली कति निष्पक्ष होला? रास्वपाले औपचारिक रूपमा छानबिनको माग गरिसकेको छ। अब प्रश्न उठ्छ — प्रधानमन्त्री र सरकारको नेतृत्वले यसमा चासो देखाउँछ कि फेरि जस्तोसुकै विवाद ओझेलमा पारिन्छ?

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics