जोडिनुहोस
  • होमपेज
  • कैलालीमा वर्षासँगै वादी समुदाय घर डुबानमा, जीवन असहज

कैलालीमा वर्षासँगै वादी समुदाय घर डुबानमा, जीवन असहज

लम्की (कैलाली)। कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्ने वादी समुदायका घर वर्षासँगै डुबानमा परेका छन्। हाल १२ घर पूर्ण रूपमा डुबानमा परेका कारण परिवारका सदस्यहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन्, केही परिवार आफ्नै घरमा रहन बाध्य छन्।

सो क्षेत्रमा ७१ परिवार वादी बसोबास गर्छन्। घर डुबानमा परेपछि खाना पकाउन र शौच गर्न समस्या भएको गुनासो उनीहरूले गरेका छन्। ३३ वर्षीया रीमादेवी वादीले घर वरिपरि जमेको पानीमा सर्प हिँड्ने र छोरालाई एक्लै घरमा छोड्न नसक्ने बताइन्। केही महिनाअघि उहाँका श्रीमान् नजिकैको सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भइसकेको थियो।

बस्तीमा पानी निकासको उचित व्यवस्था नहुँदा घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति भएको उनीहरूको गुनासो छ। वर्षायाममा डुबानका कारण वादी समुदायका केही व्यक्तिले दैनिक मजदुरी गर्न नसक्दा बालबच्चाको खाना जोगाउन पनि समस्या परेको बताइएको छ।

यस बस्तीमा १४३ घर सरकारद्वारा निर्माण गरिएका थिए, तर हाल ३३ घर अझै निर्माण बाँकी रहेको जनाइएको छ। वादी समुदायले सरकारसँग घर डुबानको समस्या समाधान गर्न अनुरोध गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका