
काठमाडौं । रौतहटमा शनिबार (भदौ २८) दिउँसो भारी वर्षा भएको छ । चन्द्रपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षाको सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ २८ गते, दिउँसो ४ः०० बजे । पछिल्लो एक घण्टामा रौतहट जिल्लास्थित चन्द्रपुर वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।





































