जोडिनुहोस
  • होमपेज
  • माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

महोत्तरी। तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।

झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताए ।

दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुडा र दियो बिक्री गर्ने कुमालहरु अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताए ।

पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताए।

पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरु बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताए । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुडाहरु तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।

माटोका सामग्रीहरु बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरु आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताए। सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरुले अझै माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरुले जसोजतो ती सामग्रीहरु बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help