जोडिनुहोस
  • होमपेज
  • एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा महाधिवेशनका लागि मञ्चको निर्माण गरिएको छ ।

एमाले भक्तपुरका अध्यक्ष वचन देउजाका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, प्रतिनिधि बस्ने व्यवस्था, सुरक्षा घेरा तथा व्यवस्थापनसम्बन्धी सबै संरचनाहरू तयार पारिएको छ । महाधिवेशन को उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२ बजे गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा देशभरका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, पार्टी नेता तथा कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।

महाधिवेशनमा करिब तीन लाख सहभागी हुने अनुमान छ । महाधिवेशनस्थल सल्लाघारी क्षेत्रमा शनिबार बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको आवागमन सुरु भएको छ । प्रतिनिधिहरू कार्यक्रमस्थल अवलोकन गर्ने, फोटो खिच्ने र दर्ता प्रक्रियामा सहभागी हुने क्रमसँगै चौर वरपर भीड बढेको छ ।

महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईका अनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

धेरै टिप्पणी गरिएका