जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा।टंक वाराकोटीलाई नियुक्त गरेका छन् । शुक्रवार मन्त्री पौडेलले रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् । तत्कालीन निर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहीबार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो । लोकसेवा आयोगले अतिरिक्त सचिवहरू डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवकालागि सिफारिस गरेका थिए । डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन् भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Games for Real Money with 100 Deposits 2026