जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • पूर्वराजाको भान्जा भन्दै सवा करोड ठगी गर्ने सिंह कारागार चलान

पूर्वराजाको भान्जा भन्दै सवा करोड ठगी गर्ने सिंह कारागार चलान

पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् । उनी धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी नबुझाएपछि उनी कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिंहलाई नख्खु कारागार पठाइएको छ । यही ठगीमा सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी तिरेर रिहा भएका छन् ।

 

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact